नेपाल र भारतबिच शिक्षा तथा स्वास्थ्य लगाएत पाँच वटा परियोजनामा हस्ताक्षर

साउन ५ काठमाडौँ ।
नेपाल र भारत बिच शिक्षा तथा स्वास्थ्य लगाएत पाँच वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

कुल अनुमानित लागत करिब ३९ करोड रुपैयाँ रहेको परियोजनाहरू अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालय भवन, छात्रावास तथा पुस्तकालय र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन रहेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *