साउन ५ काठमाडौं ।
गजामा मानवीय सहायता पर्खिरहेका मानिसहरुमाथि इसराइली सेनाले अन्धाधुन्ध गोली चलाएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरे अनुसार आइतबार उत्तरी गजामा मानवीय सहायतको पर्खाइमा रहेकाहरूमाथि इसराइली सेनाले गोली चलाउँदा ६७ जनाको मृत्यु भएको जनाएको छ।
मानवीय सहायता पर्याप्त मात्रामा पु¥याउने अवस्था नरहेको परिस्थितीमा गजामा हजारौं मानिसहरू भोकमरीले आक्रान्त रहेको जनाएको छ।
पछिल्लो केही दिन यता गजामा भोकमरीको कारण मानिसहरूको अवस्था विकराल बन्दा ’शरीर सुकेर हड्डी मात्र बाँकी भएका सयौं नागरिकहरू भोककै कारण तुरुन्तै मृत्युतिर गइरहेका तथा अत्यन्त न्यून परिमाणमा मानवीय सहायता गजा पुग्ने गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका अनुसार ती ठाउँहरूमा मानिहसहरूको ठूलो भिड लाग्ने गरेको र भिड अनियन्त्रित हुन थालेपछि इसराइली सेनाले गोली चलाउने गरेको उल्लेख गरेको छ।
मानवीय सहायता लिएर गएको ट्रक देख्ने बित्तिकै भोका मानिसहरू त्यसलाई घेर्न थाल्छन्। अनियन्त्रित भिडले ट्रक घेर्न थालेपछि सेनाले भोकाएका मानिसहरूमाथि गोली चलाउने गरेको रोयटर्सले लेखेको छ।