आज सेयर बजार नेप्से परिसूचक २८७० अंकमा बन्द

साउन ४ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २८७० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आज कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत, होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशत, सिटी होटलको ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८, नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशत मूल्य बढ्यो।

१० प्रतिशत मूल्य बढेका कम्पनीमा सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर रहेका छन्।

बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.५० प्रतिशत, समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.८८ प्रतिशत, दोर्दीखोला हाइड्रोपावरको ४.६१, पन्चकन्या माइ हाइड्रोपावरको ४.५१ प्रतिशत घट्यो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *