साउन ४ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओली दुई दिनका लागि दिल्ली भ्रमणमा जाने भएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको र सोही अनुसार दुईपक्षीय सम्बन्धलाई बलियो बनाउने, विगतका समझदारी निरन्तरता दिने र नयाँ परियोजनाहरु अघि बढाउने उद्देश्य सहित भ्रमणमा जाने भएका हुन्।
नेपाल सरकार प्रतिनिधिमण्डलको टोली ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने र असोज १ गते काठमाडौं फर्कने कार्यसूचि रहेको जनाएको छ।
Post Views: 7