कञ्चनजङ्गा संरक्षण क्षेत्रमा क्यामेरा, जिपिएस उपकरण जडान सुरु

साउन २ काठमाडौँ ।
कञ्चनजङ्गा संरक्षण क्षेत्रमा क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको छ। संरक्षण क्षेत्रको जैविक विविधता अनुगमन सुदृढ गर्न ट्रेल क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको जनाएको छ।

युनेस्कोको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी) र समृद्ध पहाडबीचको सहकार्यमा उक्त उपकरणहरू जडान सुरु गरिएको हो। साउन १ देखि ४ गतेसम्म तापेथोक, हेलोक र लेलेप क्षेत्रमा प्रविधि जडान गरिएको युनेस्कोकाले जनाएको छ।

स्थानीय आदिवासी ज्ञान र आधुनिक प्रविधिबिच समन्वय गर्दै पारिस्थितिकीय अनुगमनलाई दिगो बनाउने उद्देश्यसहित यो अभियान थालिएको युनेस्कोद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *