साउन २ काठमाडौं ।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको काम अझै सम्पन्न नहुँदा म्याद थपिएको छ। म्याग्दीमा निर्माणधीन ४० मेगावाट क्षमताको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको हाे।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी राघुगङ्गा हाइड्रोपावर प्रवद्र्धन रहेको राहुघाट जलविद्युत् आयोजनाको काम सम्पन्न गर्ने म्याद २०२५ नोभेम्बर २७ सम्म थपिएको छ।
आयोजनाको हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको जनाएको छ। भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो।
सन २०२२ फेब्रुअरीमा पहिलो सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो।कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभाव जस्ता कारणले आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदारले उल्लेख गरेको छ।