साउन १ काठमाडौं ।
वीरगन्ज भन्सार कार्यालय बाट २ खर्ब भन्दा बढी राजस्व संकलन भएको छ।
देशको सबै भन्दा ठूलो वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय बाट २ खर्ब २५ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८० दशमलव ३५ प्रतिशत र सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ८२ दशमलव ९७ प्रतिशत मात्र राजस्व संकलन भएको र राजस्व असुलीले लक्ष्य भेट्टाउन भने नसकेको जनाएको छ।
वीरगन्ज भन्सार प्रमुख दीपक लामिछानेले अपेक्षाकृत रुपमा आयात निर्यात व्यापार नहुनु नै लक्ष्यअनुरुप राजश्व संकलन नहुनुको प्रमुख कारण रहेको बताएका छन्।
Post Views: 1