आजबाट आर्थिक वर्ष २०८२,०८३ को नयाँ बजेट कार्यान्वयन हुँने

साउन १ काठमाडौँ ।
आजबाट आर्थिक वर्ष २०८२,०८३ को नयाँ बजेट कार्यान्वयन हुँने भएको छ। सरकारले आर्थिक बर्षको लागि विनियोजित नयाँ नीति तथा कार्यक्रमहरु आजबाट कार्यान्वयन हुने भएको हो।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था बमोजिम गत जेठ १५ गते २०८२, ८३ का लागि बजेट ल्याएका थिए।

उक्त बजेट दुवै संसदबाट पारित भइसकेकाले नयाँ आर्थिक वर्ष अघि नै बजेट कार्यान्वयनको लागि पारित भए पनि नयाँ आर्थिक वर्ष आजबाट सुरु भएसँगै बजेट कार्यान्वयनमा गएको हो।

अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनका लागि मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरी सकेको जनाएको छ। सरकारले चालु आर्थिक वर्ष २०८२, ८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *