साउन १ काठमाडौं ।
आज देखि गुल्मीको रेसुङ्गामा साउने मेला सुरु भएको छ। रेसुङ्गामा साउन एक महिना सम्म लाग्ने मेला आज बाट सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
गुल्मीको तम्घास शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरु जस्तै साउन एक महिना धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रमा मेला सुरु भएको हो।
रेसुङ्गमा पूजा गर्न तथा अवलोकनका लागि गुल्मीलगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही लगायत नेपालका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको संरक्षण समितिले जनाएको छ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसारको काम भइरहेको एवम् यस ठाँउमा विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको जनाएको छ।
समुन्द्री सतहबाट २३४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमि मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ।