असार ३२ काठमाडौं ।
सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले हवाई आक्रमण गरेका छन्। सिरियाको राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय नजिक हवाई आक्रमण गरेको बीबीसीले जनाएको हो।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस् (एसओएचआर) का अनुसार रक्षा मन्त्रालयका अधिकारीहरु भेला भएको कार्यक्रमलाई लक्षित गरी इजरायली सेनाले हवाई आक्रमण गर्दा तीन सिरियाली सैन्य कमान्डरको मृत्यु भएको उल्लेख गरेको छ।
दक्षिणी सिरियामा जारी डूज समुदाय र सरकारी सुरक्षाफौजबीच जारी युद्ध रोक्न दबाब दिँदै आएको इजरायलले हवाई आक्रमण गरेको जनाएको छ।
Post Views: 5