असार ३२ काठमाडौँ ।
फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाडिएको छ। सर्वोच्च अदालतको आदेशपछि फेवातालमा एक हजार ५५ डिजिटल पिलरहरु गाड्ने कार्य सम्पन्न भएको हो।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा फेवातालान सीमा स्तम्भहरू गाडिएको छ।फेवाताल संरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी थप कार्यहरू गर्दै जाने नगर प्रमुख धनराज आचार्यले बताएका छन्।
ताल घरको सिमानामा एक हजार ५५ डिजिटल र ६११ सिमेन्टेड (कंक्रिटका) पिलरहरु गाडिएको पिलरहरु गाडिएको जनाएको छ। तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिएका छन्।
Post Views: 9