असार ३१ काठमाडौँ ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेलले आज शपथ लिएका छन्। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सपथ गराएका हुन्।
मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी जिम्मेवारी तोक्ने निर्णय गरेको थियो।
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझा माथि उजुरी परेपछि सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्।
Post Views: 2