कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काउँदै

असार ३१ काठमाडौं ।
कर्णलीसहितको सहायक नदी पथरैया र मोहनामा असार पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काउँदै छ।

संरक्षणकर्मी भोजराज ढुङ्गानाको अनुसार कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेको बताएका हुन्।

सो क्षेत्रमा घडियालसँगै विश्वमै दुर्लभ मानिने डल्फिनको पनि बच्चा हुर्काइरहेको जनाएका छन्। नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको छ।

यस क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको छ। भने कर्णाली नदी लगायत सहायक नदीहरुमा वर्षायामको समयमा डल्फिन बच्चासँगै देखिने गरेको संरक्षणकर्मी बताएका छन्।

बच्चा जन्माउने स्तनधारीभित्र पर्ने डल्फिन स्वच्छ पानीमा बस्न रुचाउने भएकाले डल्फिन बच्चा हुर्काउनका लागि कर्णालीसहित सहायक नदीमा आउने गर्दछन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *