असार ३१ काठमाडौं ।
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफु बर्खास्तमा पर्नु अघि नै राजिनामा दिएका छन्। घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी रहेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतको अनुसार मन्त्री गुप्ताले पदबाट आफै राजीनामा दिन सक्ने वा नदिए बर्खास्त गरिने तयारी रहेको बेला आज आफैले राजिनामा दिएका हुन्।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ’डिल गरेको’ अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताको राजीनामा माग भइरहेको थियो।
घुस डिल सम्बन्धी लागेको आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएको बताएका छन्।
Post Views: 41