असार ३१ काठमाडौं ।
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे र राष्ट्रियसभाको बैठक १ः१५ मिनेटमा बस्ने भएको छ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। लेखासमितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन, २०८२ पेस गर्ने छन्।
त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय बाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचि छ।
राष्ट्रियसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभा बाट सन्देसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको जनाएको छ।