असार ३० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन ओटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको जनाएको हो।
आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले ‘आर्थिक वर्ष २०८२,८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन, खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ गरी तीन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको हुन्।
तीन वटै विधेयकहरू संघीय संसदको दुवै सदनको बैठक बाट पारित भई पेस भएका विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएका थियो।
Post Views: 3