असार २९ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २९ अंकले बृद्धी भएको छ। मौद्रिक नीति सार्वजनिक पछिको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो।
नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० विन्दुमा उक्लिएको छ। नेप्से दोहोरो अंकले बढ्दा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ सेयर कारोबार भएको छ।
एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर ९.९९ प्रतिशत, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ९.६१ प्रतिशत, नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको ७.३० प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको सेयर ६.५० प्रतिशतले बढ्यो।
हिमालयन हाइड्रोपावरको ९.९३ प्रतिशत, राप्ति हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सनको ७.४४ प्रतिशत घट्यो।
Post Views: 10