असार २६ काठमाडौं ।
पूर्वप्रधानमन्त्री सेख हसिनाले प्रदर्शनकारीविरुद्ध दमनको आदेश दिएको अडियो सार्वजानिक भएको छ। बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले गतवर्ष विरोध प्रदर्शनकारी माथि कडा कारबाहीको संकेत दिएको जनाएको छ।
बिबिसीले प्राप्त गरेको एक अडियो रेकर्डिङ सेख हसिनाकै भएको दाबी गरेको छ। अनुसन्धान टोलीमार्फत हसिनाको भनिएको उक्त अडियोको विश्लेषण गरेको थियो।
सन् २०२४ जुलाई १८ को उक्त रेकर्डिङमा हसिनाको भनिएको आवाजले सुरक्षा फौजलाई प्रदर्शनकारीविरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ र ‘जहाँ भेटियो, त्यहीँ गोली हान्ने’ अधिकार दिएको सुनिन्छ।
बंगलादेश प्रहरीले पनि अडियोलाई हसिनाको प्रमाणित रेकर्डिङ भएको बताएको छ। अब यो अडियो हसिनामाथि मानवताविरुद्धको मुद्दा दायर गरेका अभियोजन पक्षको मुख्य प्रमाणको आधार बनेको छ।
गत वर्ष जुलाई र अगस्टमा भएको विशाल प्रदर्शनविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुँदा एक हजार चार सय मानिस मारिएका थिए। ७७ वर्षीया हसिनालाई सेनाले साथ छाडे पछि सत्ता छाडेर छिमेकी भारत पलायन भएकी थिइन्।