असार २६ काठमाडौं ।
नेपाल–चीन सीमा ङुइला गोरखाको दुवै चिनियाँ नाका खुला भएको छ। चुमनुव्री गाउँपालिका–१ सामागाउँको रुइला र वडा ७ छेकम्पारस्ति ङुइला नाका खुलेको हो।
रुइला नाका एक महिना र ङुइला नाका तीन महिनाका लागि सीमा क्षेत्रका नाका जनप्रतिनिधिमार्फत खुला गरिएको जनाएको छ। नाका खुला भएसँगै स्थानीय बासिन्दा उपभोग्य सामग्री खरिदका लागि तिब्बतको बजार पुग्ने तयारीमा जुटेका छन्।
कोराना अघिसम्म छेकम्पारको ङुइल नाका बाह्रौ महिना खुल्ले गरेपनि कोरोना महामारी पछि पाँच वर्ष बन्द भएको नाका गत वर्षबाट निश्चित समयका लागि खुल्ने गरेको छ।
नाका खुल्ने जानकारी आएसँगै छेकम्पारका स्थानीय तिब्बतको स्या बजारमा खाद्यान्न लगायत उपभोग्य वस्तु खरिद गर्न जाने चुमनुव्री–७ का वडाध्यक्ष टसी दोर्जे लामाले बताएका छन्।
Post Views: 51