असार २६ काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र सफारी बन्द भएको छ। वर्षातका कारण बाटो बिग्रिए पछि निकुञ्ज जंगल सफारी बन्द गरिएको जनाएको छ।
३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान रहेको उक्त घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान रहेको छ।
पछिल्लो गणनाअनुसार शुक्लाफाँटामा २ हजार ३ सय बढी बाह्रसिंगा, बाघ, गैंडा, हात्ती, कृष्णसार, चित्तल लगायत वन्यजन्तु रहेकोले पर्यटकको प्रमुख आकर्षण बनेको छ।
निकुञ्ज संरक्षण विभागका अनुसार सफारी गर्न जाने पर्यटकहरु यात्राका क्रममा बाटो हिलो भएर गाडी फस्दा पर्यटकले दुःख पाउन थालेकाले सफारी बन्द गरिएको जनाएको छ।
असारमा २४ विदेशीसहित १ सय ११ जना जंगल सफारी गरेका र जेठसम्म ३ हजार ६ सय ११ जना शुक्लाफाँटाभित्र प्रवेश निकुञ्ज कार्यालयले जनाएको छ।
‘निकुञ्जको मुख्य घुम्ने ठाउँ भनेकै शुक्लाफाँटा घाँसे मैदान रहेको सोहि ठाँउ जाने बाटो खराब भएपछि बाह्रै महिना सफारी गर्न सकिने सडक नबनेसम्म बर्खामा सफारी गर्न नसकिने संरक्षण अधिकृते बताएका छन्।