असार २५ काठमाडौं ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको हेडक्वर्टस पूर्णरुप र अन्य ठाँउमा सामान्य क्षति भएको छ।
नेपाल विद्युत प्राधिकरणले आज सार्वजनिक गरेको क्षतिको विवरण अनुसार रसुवागढी, त्रिशूली–३ ए, देवीघाट लगायत २५० मेगावाट विद्युत् प्रणाली विच्छेद भएको र बाढीले जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको हो।
चिलिमे जलविद्युत आयोजनाको टेलरेस बाट पानी छिरेको, त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको, त्रिशूली–३ बी हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र पानी छिरेको र हालसम्म १३२ केभी गायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
उच्चस्तरीय टोलीले क्षतिग्रस्त आयोजना निरीक्षण गरी क्षति विवरण सार्वजनिक गरेको जनाएको छ।
Post Views: 106