असार २५ काठमाडौं ।
सरकारले जटिल रोगका बिरामीलाई २ लाख सम्मको उपचार सुविधा दिने भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले ८ वाट जटिल रोग लागेका बिरामीहरूले दुई लाखको सेवा सुविधा प्राप्त गर्ने सक्ने जनाएकाे हाे।
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरूले २ लाखको उपचार सहायता प्राप्त गर्ने सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्।
साउन १ गतेबाट लागु हुने गरि ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिन ८ प्रकारका बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत २ लाखसम्मको उपचार प्राप्त गर्ने व्यवस्था गरेको जनाएका छन्।
क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने छन्।
Post Views: 103