नेपाल सरकारले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दै

असार २५ काठमाडौं ।
नेपाल सरकारले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ।

गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको जनाएको छ।

विश्वसम्पदा सूचीमा राख्ने कार्यलाई अघि बढाउनका लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) फ्रान्स पुगेका छन्। विश्व सम्पदा समितिको ४५औं बैठकमा कपिलवस्तुकाे तिलौराकोट  प्रबद्र्धनात्मक कार्यक्रम गरिएको थियो।

अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विधिवत रूपमा प्रक्रिया अघि बढेको हो।

युनेस्कोको ४५औं बैठकले तिलौराकोटलाई सूचीकृत गर्न प्रबद्र्धनात्मक कार्यक्रम गरेको थियो। भने युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।

डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पूर्वतयारीको लागि गत शुक्रबार नै फ्रान्स पुगेका छन्।

त्यस्तै बैठकमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राई लगायत कार्यक्रममा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *