असार २४ काठमाडौं।
परराष्ट्र मन्त्री आरजु राणा र जर्मनीका विदेश मन्त्री जोहान डेविड वेडफुलबीच भेट भएको छ। नेपाल–जर्मनीको सम्बन्ध, द्धिपक्षीय हित र साझा चासोका विविध विषउमा कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
जर्मनीको बर्लिनमा भएको भेटवार्ताका क्रममा मन्त्री राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारहरू मध्ये एक रहेको र नेपालले आर्थिक, सामाजिक लगायतका क्षेत्रमा सहयोग प्राप्त गर्दै आएकोमा जर्मनी सरकार धन्यवाद दिएकी छन्।
विदेशमन्त्री डेविडले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएको छ। जर्मनी नेपालका लागि युरोपको दोस्रो ठूलो पर्यटक स्रोत रहेको भए पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि मन्त्री राणाले आग्रह गरेकाे जनाएकाे छ।
Post Views: 64