असार २४ काठमाडौं ।
आज संघीय संसद दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने भएको छ।
प्रतिनिधिसभामा शिक्षा मन्त्रीले ’तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ पेश गर्ने र प्रधानमन्त्रीले संशोधन विधेयक प्रस्तुत गर्ने छ । भने राष्ट्रियसभामा शिक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर तथा जलस्रोत विधेयक माथि छलफल हुने कार्यसूचि रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ मा राष्ट्रियसभा बाट गरिएका संशोधनहरूबारे विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ।
Post Views: 56