असार २३ काठमाडौं ।
मिसेस नेपाल वल्र्ड २०२५ को लागि आवदेन खुला भएको छ। भने अडिसाका लागि श्रावण १७ गते सुरु हुने छ।
ललितपुर पुलचोक स्थित स्क्वायर होटलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आयोजक संंस्था रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले प्रतियोगिताको नयाँ संस्करणको घोषणा गरेको छ।
सोही कार्यक्रममा यो संस्करणको लागि आवेदन प्रक्रिया सुरु गरिएको घोषणा गरेको हो। विश्व भरीका महिलाहरुका लागि ‘मिसेस वल्र्ड २०२५’ एउटा महत्वपूर्ण सौन्दर्य प्रतियोगिताको रुपमा रहेको छ।
प्रतियोगितामा सहभागी भएर मिसेस वल्र्डको ताज पहिरन यस प्रति चासो राख्ने विश्वभरका महिलाहरुले आवेदन दिन सक्ने जनाएका छन्।
बिगत चार वर्षदेखि रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले यो प्रतियोगिता नेपाल संस्करणको रुपमा ‘मिसेस नेपाल वल्र्ड’को आयोजना गर्दै आएको छ। भने नेपाली विवाहित महिलाहरूका लागि सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित भएको छ।
यसै बिच चौथो संस्करणको ‘मिसेस नेपाल वल्र्ड २०२५’ को लागि आवेदन खुला गरिएको छ जनाएको छ। महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित गर्ने उद्देश्यले निरन्तर यो कार्यक्रम आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु कान्त झाले कार्यक्रममा बताएका छन्।
यस वर्षको प्रतियोगिता बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी गराउँदै अध्यक्ष झाले मिसेस नेपाल वल्र्ड प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुति मात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने अभियानका रूपमा अघि सारिएको उल्लेख गरेका छन्।’
झाले प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने जनाएका छन्।
प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने बताइएको छ।
आवेदन दिन चाहानेका लागि कुनै मापदण्ड तोकिएको छैन्। इच्छुक प्रतियोगीहरूले न्यूनतम एस.एल.सी. उत्तीर्ण हुनुपर्ने छ। विवाहित महिला मात्र नभई दम्पत्य सम्बन्ध विच्छेद तथा एकल महिलाहरूले पनि यो प्रतियोगितामा फाराम भर्न सक्ने छन्।
आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ। सोही मञ्चबाट मिसेस नेपाल वल्र्डसँगै ८ औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि घोषणा गरिने जनाएको छ।
विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महिलाहरूलाई आत्मविश्वास, सीप र व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो।
मिसेस नेपाल वल्र्ड २०२५ को नृत्य कोरियोग्राफी सन्दीप भुजेल, आईना गजुरेल सहायक कोरियोग्राफर, प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जन रहने छन्। भने प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न विधाका विज्ञहरूको सहभागिता रहने जनाएको छ।
प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिने छ।