असार २० काठमाडौं ।
अमेरिकी संसद (प्रतिनिधि सभा) ले ट्रम्पको ‘बिग ब्यूटीफुल’ विधेयक पास गरेको छ। प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च कटौती गर्ने ‘बिग ब्यूटीफुल’ विधेयक पारित गरेको हो।
यस विधेयकको समर्थनमा २१८ जनाले मतदान गर्दा विपक्षमा २१४ जनाले मतदान गरेका थिए। ट्रम्पले अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को साँझ ५ बजे एक ठुलो र भव्य समारोहमा यो विधेयकमा हस्ताक्षर गर्ने ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले जनाएको छन्।
गत महिना ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिएका ऐलन मस्कले ट्रम्पको विधेयकलाई आलोचना गरेका थिए।
Post Views: 114