असार १९ काठमाडौं ।
साताको अन्तिम दिन सेयर बजार नेप्से परिसूचक २७ सय विन्दुमाथि उक्लिएको छ। साताको पहिलो दिन देखि बढ्ने क्रममा रहेको नेप्सेले यस दिन पनि निरन्तरता पाएको हो।
आज नौ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको छ। भने १२२ कम्पनीको सेयर मूल्य बढ्यो, १२५ वटाको घट्यो भने सर्वाधिक ९.९८ प्रतिशतले फाइनान्सको मूल्य बढेको छ।
खानीखोला हाइड्रोपावरको मूल्य ७.१७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६३ रूपैयाँ ७१ पैसा, गुराँस लघुवित्तको मूल्य ९.९५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार २६० रूपैयाँ २९ पैसा कायम भएको छ। कम्पनीको प्रतिकित्ता ७९४ रूपैयाँमा ३१ करोड ६८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ५० पैसामा २७ करोड २८ लाख बराबरको सेयर कारोबार भएको छ।
आज वित्त समूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशतले बढेको छ।