सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५६ प्रतिशत २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य

असार १९ काठमाडौं ।
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५६ प्रतिशत सकिएको र २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको कुल एक हजार ०८९ मिटर ‘इन्भर्ट’ को निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ।

‘इन्भर्ट निर्माणको काम सकिएको, ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेको र हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको जनाएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ प्रतिशत, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ।

आयोजना अन्तर्गतका मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ। सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा पाएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *