देशको अधिकांश भागमा भारी वर्षाको सम्भावना

असार १८ काठमाडौं ।
देशको अधिकांश भागमा भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अधिकांश भागमा वर्षाको सम्भावना र पहाडी भू–भागमा भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशल गायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *