असार १७ काठमाडौं ।
वीरगन्ज भन्सार नाका बाट चार खर्ब बढी सामान आयात भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका बाट भारत हुँदै रु.४ खर्ब ३४ अर्बको सामान आयात भएको जनाएको छ।
वीरगन्ज नाका बाट ११ महिनामा ९१ अर्ब ५१ करोडको सामान निर्यात भएको जसमा भारतको हिस्सा ९५.०५ प्रतिशत रहेको उल्लेख गरेको छ।
वीरगन्ज नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतमा भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जनाएका छन्।
वीरगन्ज नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना रहेको छ। अर्जेन्टिना बाट सोहि अवधिमा रु. ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन्।
त्यस्तै, छिमेकी मुलुक चीन बाट रु. २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएको जनाएका छन्। चालु आवको ११ महिनामा ५० वटा मुलुक बाट वीरगन्ज नाकामा रु. पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन्।
त्यस्तै वीरगन्ज नाका बाट चालु आवको ११ महिनामा रु. ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। भने यो नाका हुँदै ११ महिनामा रु ८६ अर्ब ९७ करोड, दोस्रो मुलुक अमेरिका रु. दुई अर्ब १८ करोड, अफगानिस्तानमा रु. ६८ करोडको वस्तु तथा सामान निर्यात भएको वीरगन्ज भन्सार कार्यलयले जनाएको छ।