असार १७ काठमाडौं ।
आज राष्ट्रियसभा बैठक १२ः१५ मा बस्दै छ। आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुने जनाएको छ।
प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिर्ने कार्यसूचि रहेको छ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभा बाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूचि छ।
Post Views: 121