असार १६ काठमाडौं ।
इरानको इभिन जेलमा इसराइलले आक्रमण गरेको छ। आक्रमणमा परि ७१ जना मारिएको जनाएको छ।
इरानको न्यायपालिकाका प्रवक्ता अस्घर जहांगिरले विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई जनाए अनुसार इसराइलले इरानको इभिन जेलमा गरेको हवाइ आक्रमणमा परी ७१ जनाको उल्लेख गरेका छन्।
न्ययोर्क टाइम्सले उल्लेख गरे अनुसार इभिन जेल कुख्यात देखि राजनीतिक बन्दीसम्म राखिने र जेलमा रहेका बन्दीहरूलाई अत्यन्त कठोर यातना दिने गरेको जनाएको छ।
इसराइली आक्रमणमा मारिनेहरुमा थुनुवा मात्रै नभई उनीहरूलाई भेट्न आएका आफन्तदेखि कर्मचारीहरू समेत परेको उल्लेख गरेको छ। इसराइलली रक्षा मन्त्रालय र इसराइली डिफेन्स फोर्सले आक्रमणका विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन्।
Post Views: 5