असार १५ काठमाडौं ।
विद्यालय शिक्षा विधेयक बारे सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसि रहेको छ।
शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिको म्याद सकिदै छ। महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ देखि असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति भए अनुसार आज बैठ बसिरहेको हो।
बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय मर्ज, विषयगत शिक्षक लगायतका विषयमा छलफल भईरहेको जनाएको छ।
सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइ नसकेको भन्दै शिक्षा समितिले विधेयक माथि टुंगो नलागेका विषयमा छलफल तिब्रता बनाएको छ।
Post Views: 103