आज नेप्से सेयर बजार ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा कायम

असार १२ काठमाडौं ।
आज नेप्से सेयर बजार ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा कायम भएको छ। भने सात अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ। आज ३०६ वटा धितोपत्रको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको हो।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ६.०६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५४ रूपैयाँ ७१ पैसा, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९९५ रूपैयाँ ८८ पैसा, रिलायवल समृद्धि योजनाको मूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ रूपैयाँ ०७ पैसा झरेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनीको प्रतिकित्ता ७८२ रूपैयाँ ९० पैसामा ३९ करोड २० लाख बराबरको सेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ८४० रूपैयाँ १० पैसामा ६२ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *