असार १२ काठमाडौं ।
दाङको भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेको छ। २३ जना भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको जनाएको छ।
लमही नगरपालिका वडा नं ३ कान्छिगाउँका बासिन्दालाई ८ धुरदेखि १ कट्ठासम्मको जग्गाधनी पुर्जा वितरण गरिएको छ।
भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी लगायतले भूमिहीन सुकुम्वासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका हुन्।
Post Views: 18