असार १० काठमाडौं ।
चालु आर्थिक वर्षको ११ महिनामा पूर्वि नाका काँकडभिट्टा नाका बाट १८ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। पेट्रोलियम पदार्थ आयातमा गिरावट आए पनि राजस्वमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।
पूर्वीनाका काँकडभिट्टा बाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको जनाएको हो।
आयात घटे पनि पेट्रोलियम पदार्थ बाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको जनाएको छ।
कार्यालयको तथ्याङ्कानुसार पेट्रोलियम पदार्थ आयातबाट रु ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व सङ्कलन भएको छ। ६ अर्ब २६ करोड ७१ लाख मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ।
त्यस्तै रु. २ अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, रु ६१ करोड २० लाख मूल्य पर्ने ६ हजार ७०८ किलोलिटर एटीएफ र रु २२ करोड ७१ लाख मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भन्सार कार्यलयले जनाएको छ।