जटिल रोग लागेका व्यक्तिले बीमा मार्फत दुईलाख सम्मको सेवा लिन सक्ने स्वास्थ्य मन्त्रालयको निर्णय

असार ९ काठमाडौं ।
जटिल रोग लागेका व्यक्तिले बीमा मार्फत दुईलाख सम्मको सेवा लिन सक्ने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ।

स्वास्थ्य बीमा बोर्डको आगामी बैठक बाट कडा रोग लागेका बिरामीलाई थप एक लाख सेवा उपलब्ध गराउन लागेको जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कोषलाई प्रभावकारी बनाउन नीति सुधार र व्यवस्थाका लागि कदम चाल्ने बताएका छन्।

स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्न सक्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताएका हुन्।

मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *