परीक्षण उत्पादन सुरु भयो चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना

असार ९ काठमाडौं ।
चिमखोला–मंगले रहुघाट जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ।

रघुगङ्गा गाउँपालिका–८ बन्दी बाँध नजिकै एका सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर लामो सुरुङ बाट ल्याइएको पानी रघुगङ्ग–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको जनाएको छ।

रघुगंगा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहु घाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको र अबको १५ दिनमा परीक्षण सकिने बताएको छ।

तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङ लगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको जनाएको हो।

विद्युतगृह बाट रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ।

माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार रहेको छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *