असार ५ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले निजामती विधेयक कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने माग गरेको छ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने र कसैको धम्की वा दबाबमा नआउन समेत प्रधानमन्त्रीलाई पाण्डेले आग्रह गरेका छन्।
आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सदनमा बोल्दै पाण्डेले ‘कुलिङ पिरियड नहटाए २५ सचिवले राजीनामा दिन्न्छौं भन्दै प्रधानमन्त्रीलाई धम्क्याएको सुनिएको छ। प्रधनमन्त्री त्यस्ता धम्कीको दबाबमा आउनु हुँदैन।
२५ सचिवले राजीनामा दिए २५ सहसचिवले नयाँ जिम्मेवारी पाउँछन्,’ ‘सरकार त्यस्तो धम्कीसँग नडराओस्।’ भनेका छन्।
पाण्डेले लामो छलफल र बहसपछि सदनमा आइपुगेको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताएका छन्।
Post Views: 37