असार ५ काठमाडौँ ।
इरानले इजरायली अस्पतालमा आक्रमण गरेको छ। इजरायली अस्पतालमा इरानले मसाइल आक्रमण गरेको हो।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा इजरायली सेनाले दिएको जानकारी अनुसार अस्पतालमा ठूलो क्षति हुनुका साथै कैयौं मानिसहरु घाइते भएको बताएका छन्।
इरानको आतंकवादी तानाशाले बेर्शेबाको सोरोका अस्पताल र नागरिक बसोबास गरेको क्षेत्रमा मिसाइल प्रहार गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक्समा पोष्ट गरेका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको तानाशाहहरुले यसको पूरै मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्। आक्रमणमा कम्तिमा ३२ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाएको छ।
Post Views: 3