सेयर बजार नेप्से परिसूचक २६५३ अंक कायम

असार ४ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २६५३ अंक कायम भएको छ। आज सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से १.०७ अंकले घटेको हो।

आज ९ अर्ब ८ करोडको कारोबार भएको छ। हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७, अन्य समूह ०.१९, युनियन हाइड्रोपावरको ९.२२, सिंगटी हाइड्रो इनर्जीको ८.०९ तथा पन्चकन्या माइ हाइड्रोपावरको ८.०५ प्रतिशत मूल्य बढ्यो।

बैंकिङ ०.१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घट्याो।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत र सप्तकोशी विकास बैंकको ७.३९, ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत घट्यो। १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र जोशी हाइड्रोपावर रहेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *