सुर्खेत रामघाटका किसान मकै खेती छाडेर लिचीमा आकर्षित

असार ४ काठमाडौं ।
सुर्खेत रामघाटका किसान मकै खेती छाडेर व्यावसायिक लिची खेतीमा आकर्षित भएका छन्। भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान परम्परागत मकै खेती छाडेर लिची र आँप खेतीमा आकर्षित हुन थालेका छन्।

लिची बाट रुखमै प्रतिकिलो रु १०० देखि १५० सम्म बिक्री हुने र बजारको खोजी गर्न नपर्ने भए पछि किसानहरुले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन्।

स्थानीय सरकारले किसानलाई फलफूल खेतीमा प्रोत्साहन गर्न अनुदान दिइरहेकाले  कृषकहरुलाई लिची खेतीको विस्तारमा मद्दत पु¥याइरहेको जनाएको छ। भने रामघाट क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रुपमा लिइन्छ।

उत्पादन भएको लिची रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा बिक्री गर्दै आइरहेका छन्।

भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिचीर आँप उत्पादनका मुख्य केन्द्र भएको हुँदा रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिचीउत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त तथा हावापानी, जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल रहेको बताएका छन्।

रामघाट क्षेत्रमा हाल आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची१३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको र रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको जनाएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *