असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

असार ३ काठमाडौं ।
असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने गरी परीक्षा बोर्डले तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएको र नतिजा निकाल्ने मिति पनि पछि सरेको जनाएको हो।

अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा रहेकोले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार अन्तिम साता सार्वजनिक गर्ने गरि तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जनाकारी दिएका छन्।

नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्नेमा गत चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि ढिला भएको बताएका छन्।

एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *