असार ३ काठमाडौं ।
गृहमन्त्री लेखकले फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठलाई भेटेका छन्। आज गृहमन्त्री रमेश लेखकले सामाजिक सञ्जालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठलाई भेटेका हुन्।
फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका श्रेष्ठलाई प्रहरीको विभिन्न युनिटले खोजी गर्दा बालाजुस्थित एक रिसोर्टमा फेला पारेको थियो।
श्रेष्ठलाई भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा बोलाएर मन्त्री लेखकले भेटेका हुन्। भेटका क्रममा मन्त्री लेखकले डाक्टर श्रेष्ठको समस्याबारे सोधेका छन्। ‘प्रहरीलाई भनेर खोज्न लगाएको थिएँ। के भएको हो तपाईं ?,’ मन्त्री लेखकले सोधेका थिए।
गृहमन्त्रीसमक्ष पीडा पोख्दै आफूमाथि झुटो आरोप लगाएर जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको र सरूवा गरिएको हुँदा आफुलाई तनाब भएको बताएका थिए।