असार ३ काठमाडौं ।
मुन्दुम पदमार्ग प्रवद्र्धनका लागि ‘मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ। मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि सातौँ ’मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको हो।
मुन्दुम प्रचारप्रसारमा टेवा पु¥याउने लक्ष्यसहित रेस प्रतियोगिता आयोजना गरिएको जसमा नौ समूहको सहभागिता हुने तथा तीन महिलत र तीन पुरुषको सहभागिता हुनुपर्ने जनाएको छ।
प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पाउनेछन्। भने एकल प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ।
रेस चखेवा भञ्ज्याङबाट सुरु भई टेम्केडाँडा, तावाभञ्ज्याङ हुँदै पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवामा समापन हुने जनाएको छ।
पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।