असार २ काठमाडौं ।
इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा इरानले मिसाइल अक्रमण गरेको छ। इसराइलको उत्तरी हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा इरानले मिसाइल प्रहार गरेको हो।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सको अनुसार इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको जनाएको छ। आगलागी भएपछि त्यहाँका मानिसहरूको उद्धार र आगो नियन्त्रणमा इसराइली अधिकारीहरू खटिएको जनाएको छ।
आक्रमणमा परी २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र नागरिक गरी २२० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार २०० जनाभन्दा बढी घाइते भएको उल्लेख गरेको छ। इरान र इसराइलले चार दिनदेखि एक–अर्कामाथि आक्रमण गरिरहेका छन्।
Post Views: 2