असार पहिलो हप्ता ग्वार्को फ्लाइओभरको उद्घटन हुने

असार २ काठमाडौं।
असार पहिलो हप्ता ग्वार्को फ्लाइओभरको उद्घटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ग्वार्कोस्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने जनाएको छ।

ललितपुर स्थित फ्लाइओभरको उद्घटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्रालयले जनाएको छ। सडक विभागले निर्माण कार्यको निरीक्षण गरी सवारी सञ्चालनको तयारी गरेको र उद्घटन पछि सञ्चालन गरिने जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *