असार २ काठमाडौं ।
इजरायल–इरान बिच तेस्रो दिन लगातार हमला भएको छ। दुई देश बिचको हमला निरन्तर भइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पनि युद्धमा तानिने संकेत गरेका छन्।
अन्तराष्ट्रिय सञ्चारमाध्यहरुमा उल्लेख भए अनुसार ‘इजरायल–इरान युद्वमा अमेरिका संलग्न हुन सक्ने,’ ट्रम्पले जनाएका छन्। तेहरानका आणविक र गुप्तचर सुविधामाथि भइरहेको इजरायली हमलामा संलग्नता नरहको ट्रम्पले जनाएका छन्।
गाजा आक्रमणमा अमेरिकाले इजरायललाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लाटफर्ममा ‘इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको’ दोहो¥याएका थिए। तर पनि ट्रम्पको बेला बेला आउने अभिव्यक्तीले युद्धमा तानिन सक्ने संकेत भने गरेको छ।
Post Views: 4