असार १ काठमाडौँ ।
आज राष्ट्र बैंकले बजार बाट ४० अर्ब रुपैयाँ झिक्दै छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको जनाएको हो।
४२ दिनका लागि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम झिक्न लागेको जनाएको छ।
सातामा कम्तिमा दुई पटक बजारमा पैसा धेरै भए पछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पैसा झिक्दै आएको छ।
यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरेको छ।
Post Views: 2